काजु बदाम र घिउ खाने एक भैंसीको मूल्य १४ करोड
एजेन्सी । राजस्थानमा भएको एक पुष्कर अन्तर्राष्ट्रिय पशु सम्मेलनमा राखिएकाे विभिन्न जातकाे पशुहरूमा मुर्रा जातकाे भैसी सम्मेलनकै अाकर्षण बनेकाे छ । भैंसीको मुल्य नै १४ करोड रूपैयाँ ताेकेकाे छ ।
भैसीले खानामा काजु बदाम र घिउ मात्र खाने गरेको छ । भैसीको रेखदेख र खानपिनको लागि प्रतिमहिना डेढ लाख रुपैयाँ खर्च लाग्छ । भैंसी मालिक अरविंदका अनुसार भैंसीलाई प्रतिदिन एक किलो घिउ, आधा किलो मख्खन,२० लिटर दुध एक किलो काजु र बदाम खुवाउने गरेका छन् ।
विभिन्न जातका करिब पाँच हजार भन्दा धेरै पशुहरु मुर्रा नस्लको भैंसी सम्मेलनकाे आकर्षण बनेकाे थियाे । ६ वर्षकाे भैसी १३ सय केजीकाे छ । भैंसीलाई मालिक र केही कामदारले सम्मेलनमा ल्याएका थिए ।
भैंसी मालिकका अनुसार भैसी बेच्नको लागि भन्दा संरक्षणको लागि पालिएको हो । भैंसीले धेरै प्रतियोगिता र पशु सम्मेलनबाट पुरस्कार जितिसकेको छ । मुर्रा नस्ल नामक यो भैसीको माग विश्वमा धेरै हुने गरेको छ । वर्षमा भैंसीको सय केजी वजन बढाउने गरेका छन् । पछिल्लो वर्ष १२ सय केजी थियो भने यो वर्ष १३ सय केजी भएको छ ।
प्रतिकृया दिनुहोस