• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

वर्थडे ब्वाई: प्रमोद खरेल

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् प्रमोद खरेल । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रुपमा परिचित छन्   खरेलले हालसम्म विभिन्न किसिमका २००० भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन् ।  ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ गीतबाट चुलीयाका उनको माग अझै पनि उतिकै रहेको छ । 

विशेष आधुनिक गीतमा आफनो पहिचान बनाएका उनले सबै प्रकारका गीतहरु गाउने गरेका छन् । सरगरमाथा म्युजिक अवार्ड २०७५ मा खरेलले सर्वोत्कृष्ट गायक (आधुनिक) विधाबाट अवार्ड प्राप्त गरेका थिए। खरेल धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा गुडविल राजदूत बनेका थियो ।  

खरेल नेपाली वास्तविक टेलिभिजन कार्यक्रम ‘द भोइस अफ नेपाल का निर्णायक पनि हुन् । आज उनको जन्मदिन परेको छ । उनले आफ्नै फेसबुक पोस्टबाट जन्म दिनको जानकारी दिएका हुन् । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर