• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

टेलिकमले भन्याे– व्यक्तिगत काेड अरूलाइ नदिनुस्

काठमाडाैं । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई कम्पनीले उपलब्ध गराएको व्यक्तिगत प्रयोजनका विवरण सुरक्षित राख्न आग्राह गरेको छ । कम्पनीले व्यक्तिगत ‘एक्टीभेसन कोड’, ‘ओटीपी’, ‘पिन नम्बर’, सेक्युरिटी कोड’ लगायतका कोड सुरक्षित राख्न आग्रह गरेको हो ।

‘एक्टीभेसन कोड, ओटीपी, पिन नम्बर, सेक्युरीटी कोड लगायतका कोड महत्वपूर्ण छन् । यि कोड प्रयोगकर्ताको व्यक्तिगत गोपनीयतासँग जोडिएको छ । यस्ता कोड अन्य व्यक्तिलाई उपलब्ध गराउँदा सेवाग्राहीको गोपनियता तथा दुरसञ्चार सेवा प्रयोगमा समेत असर पर्न सक्छ ।’

व्यक्तिगत विवरण अन्य व्यक्तिलाई उपलब्ध गराउँदा मोबाइलको ब्यालेन्स चोर्ने, टेलिकमको एप्समा पहुँच राखेर सूचना पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर