• सोमबार ११-१२-२०७६/Monday 02-24-2020/ 09:29 pm

विद्याको निर्वाचन अभियान रविन्द्रको जन्मस्थानबाट शुरू हुने

पोखरा । मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहनु भएकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व.मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्नुहुने भएको छ । 

रविन्द्रले आफ्नो जीवनको बाल्यकाल विताएको र राजनीतिक जीवनको शुरूवात गरेको सो स्थानका स्थानीयबासी सँग अन्तरक्रिया र भेटघाट गरेर उनले आफ्नो चुनावी अभियान शुरू गर्न लाग्नु भएको नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले बताए ।

विगतका तीनवटा निर्वाचनमा लगातार सो क्षेत्रबाट बिजयी रविन्द्र राजनीतिक रूपमा अव्वल नेताको पहिचान बनाउन सफल भएका थिए । उक्त स्थानलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान शुरू गर्न चाहेका हुन् । सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यारपण गरी कार्तिक २१ गते जिल्ला पार्टी कार्यालय शान्तिवनबाट आमजनसमुदायको सहभागितामा निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । 

स्व. पर्यटनमन्त्री रविन्द्र अधिकारीले हेलिकप्टर दुर्घटना परी निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश वन विधेयक–‘चिडियाखाना सञ्चालन गर्न पाउने व्यवस्था’

  • १२ फाल्गुण, २०७६

विराटनगर । प्रदेश सरकारले चिडियाखाना वा प्राणी उद्यान सञ्चालन गर्न सक्ने गरी प्रदेश कानून बनाउने प्रस्ताव गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनुपर्छ : कानून मन्त्रि यादव

  • १२ फाल्गुण, २०७६

जनकपुरधाम । केपी शर्मा ओलीमाथि राष्ट्रद्रोहको मुद्दा लगाउनु पर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताएका छन्

सबैको भावनाको प्रतिनिधित्व हुने गरी प्रदेशको नामाकरणः प्रमुख प्यासी

  • १२ फाल्गुण, २०७६

बिर्तामोड । प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले सबैको भावनाको प्रतिनिधित्व हुने गरी  प्रदेशको नामाकरण हुने  बताएका छन् । सोमबार झापाको