• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजका पत्रपत्रिका: लाखमा नेपाली पासपाेर्ट

आजका पत्रपत्रिकामा नेपालको कालापानीको विवादको विषयमा सबैजसो पत्रिकाले प्रमुख समाचार लेखेका छन् । कान्तिपुर दैनिकले भारतको नयाँ नक्सालाई लिएर तीब्र विरोध भएपछि नेपालको प्रस्टीकरण– कालापानी नेपालकै भूभाग हो शिर्षकमा प्रमुख समाचार लेखेको छ । त्यस्तै प्रमुख दलले टुंग्याए उम्मेदवारी शिर्षकमा समाचार लेखेको छ ।

अन्नपूर्ण पोस्टमा लाखमा नक्कली पासपोर्ट किनबेच हुने गरेको समाचार लेखेकाे छ । विदेशमा नक्कली पासपोर्ट बन्ने गरेको तथ्य फेला परेको छ । मलेसियामा तयार भएको ३२ पृष्ठको नेपाली एमआरपीबारे राहदानी विभागले छानविन गरेको छ । अध्यागमनमा पासपोर्ट मेसिनमा रिड गराउँदा बारकोड रिड भयो । तर, राहदानीको रङ र निसानछाप फरक भएपछि व्यक्ति समातिएका छन्, अध्यागमन विभागले भनेको छ । 

गिरोहले राहदानीको रङ कालो बनाएको छ भने राष्ट्रको छाप पञ्चायतकालीन प्रयोग गरेको छ। बुकका पृष्ठ उस्तै छन्। तर सिलाई नक्कली छ। रौतहटका उमेशराम चमार र जनकपुरका अरुणकुमार दास मलेसियाबाट काठमाडौं आउने क्रममा नक्कली पासपोर्टसहित पक्राउ परेका हुन्।

उनीहरूले बोकेको पासपोर्ट नक्कली आशंका गरिए पनि मेसिनले रिड गरेको थियो। विमानस्थल कार्यालयले अध्यगमन विभाग तथा राहादानी विभाग पठाई परीक्षण गराउँदा नक्कली ठहर भएको थियो। पक्राउ परेका दुवैले मलेसियामा चार हजार रिंगेट (करिब एक लाख रुपैयाँ) तिरेर किनेको बयान दिएका छन्।

नागरिक दैनिकले निर्मला पन्त प्रकरणमा डिएनएलाई प्रमाण मान्न नमिल्ने शिर्षकमा प्रमुख समाचार लेखेको छ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ । निर्मलाको भेजिनल स्वाबमा भेटिएको पदार्थ विर्य हो वा होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर