• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 01:12 am

बालविवाह रोक्न पुरोहितलाई कानुनी प्रशिक्षण

सुर्खेत । प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानूनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।

प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए । “विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो”, उनले भने, “अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानूनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन ।” 

कानूनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने÷गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्ष २०७६/७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा सात/सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।

प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिनुभयो । प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी थिए ।
 
सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेदलगायतका कुरीतिको पक्षमा आफूहरु नरहेको बताउँदै कानूनी व्यवस्थाको पालना गर्न/गराउन हामी सधैँ प्रतिबद्ध रहेका बताए ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विराटनगरका चोकहरुमा चार आकाशे पुल बन्ने पक्का

  • ४ मङ्सिर, २०७६

विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल बन्ने भएको छ । महानगरपालिकाले आकाशे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सञ्चालन हुन सकेन

  • ४ मङ्सिर, २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको तीन महिना पुगे पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन । गत भदौ १ गते बर्खे अधिवेशन समापनसँगै स्थगित

आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव

  • ३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाएकी छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव