• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ट्विटरका दुई पूर्वकर्मचारीमाथि साउदीका लागि जासुसी गरेको आरोप

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरका दुई पूर्वकर्मचारीले साउदी अरबका लागि जासुस गरेको अमेरिकाले आरोप लगाएको छ । 

आरोपीहरुको पहिचान एक अमेरिकी नागरिक अहमद अबोअम्मो र साउदीका एक नागरिक अली अलजाबाराको रुपमा भएको छ । अहमद अल्मुतैरी नाम गरेका तेस्रा साउदी नागरिकमाथि पनि जासुसी गरेको आरोप लगाइएको छ ।

उनीहरुले ट्विटरमा भएको आफ्नो पहुँच दुरुपयोग गरेर साउदी सत्ताका विरोधीहरूको बारेमा संवेदनशील तथा निजी जानकारी बटुलेको आरोप जस्टिस डिपार्टमेन्टले फौजदारी उजुरीमा लगाएको छ । 

उक्त मुद्दाको खुलासा सान फ्रान्सिस्को संघीय अदालतमा गरिएको छ । साउदी सरकारले विदेशमा रहेका आफ्ना विरोधीहरूको स्वर दबाउने गरेको आरोपलाई यसले पुष्टि गरेको छ । 

अली अल्जाबाराह र अहमद अबोअम्मो दुवै जना हाल साउदी अरबमा रहेको बताइएको छ । साउदी एजेन्टहरूको निर्देशनमा ट्विटरका पूर्वइन्जिनियर अल्जाबाराहले सन् २०१५ मा छ हजारभन्दा ट्विटर प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणमा पहुँच कायम गरेको आरोप छ ।

अनुसन्धानकर्ताहरूका अनुसार त्यसबारे अल्जाबाराहका सुपरिवेक्षकहरूले हस्तक्षेप गरेका थिए । पत्नी र छोरीसहित साउदी अरब जानुअघि उनलाई तलबी बिदामा पठाइएको थियो ।

एउटा विज्ञप्ति जारी गर्दै ट्विटरले भनेको छ, ‘विश्वसँग आफ्ना धारणा राख्न र शक्तिमा रहेकाहरूलाई उत्तरदायी बनाउने चाहने हाम्रा प्रयोगकर्ताले सामना गरेको यो अविश्वसनीय जोखिमलाई हामी बुझ्छौँ।’ 

साउदी अरब मध्यपूर्वमा अमेरिकाको एउटा महत्त्वपूर्ण साझेदार हो । गत वर्ष पत्रकार जमाल खशोग्जीको भएको हत्याका कारण आलोचना भइरहँदा पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अधिराज्यसँग नजिकको सम्बन्ध राख्दै आएका छन् । बिबीसी 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर