• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

चीनमा रातिको १० बजेपछि बालबालिकाले सुत्नु अनिवार्य, भिडियो गेममा प्रतिबन्ध

एजेन्सी । चीनको झेजिआङ प्रान्तमा स्कूले बालबालिकाको सुत्ने समयलाई लिएर नयाँ निर्देश जारी गरिएको छ । परिवर्तित नियमका अनुसार, रातको १० बजेपछि सबै बालबालिकाले अनिवार्य सुत्नुपर्ने छ ।

मंलबार शिक्षा विभागको तर्फबाट जारी नयाँ मार्ग निर्देशिकाअनुसार, यदि बालबालिकाले होमवर्क गर्न भ्याउँदैनन् भने तय गरिएको समयमा सुत्नबाट छुट दिइनेछ । त्यसैगरी प्राइमेरी स्कूलका छात्राका लागि सुत्ने समय ९ बजे सुझाइएको छ । 

चीनका बालबालिकामा बढ्दो लतले स्वास्थ्यमा पर्ने असर नियन्त्रण गर्न यस्तो गरिएको एक अधिकारीले बिबिसीलाई बताएका छन् । 

शिक्षा विभागले जारी गरेको ३३ बुँदाको यस मार्ग निर्देशिकालाई लिएर चीनमा बहस सुरु भएको छ । अभिभावकले यस नयाँ नियमलाई ‘होमवर्क कर्फ्यू’ नाम दिएका छन् । 

त्यसैगरी, १८ वर्ष मुनिका बालबालिकाले अब रातिको समयमा गेम खेल्न नपाउने भएका छन् । गेमिङमा कडाई गर्दै राति १० बजेदेखि बिहान ८ बजेसम्म खेल्न प्रतिबन्ध लगाइएको हो । 

यसकासाथै गेमरले दैनिक डेढ घण्टा मात्रै खेल्न पाउनेछन् भने साप्ताहिक बिदा तथा सार्वजनिक बिदामा ३ घण्टा सम्म खेल्न सक्छन् । चीन गेमिङ गर्नेमा प्रमुख मुलुक हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर