• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 02:29 am

क्रिकेट : नेपाल १ सय ५३ रनमा समेटियो

फाइल तस्वीर

काठमाडौं । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल १ सय ५३ रनमा समेटिएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा  १ सय ११ रनको अग्रता बनायो । लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने १ सय ७३ रन पनि बनाउन सकेन ।

पछिल्लो समय एक दिवसीय र ट्वान्टी–२० खेलमा अभ्यस्त नेपाली टोलीले तीन दिवसीयमा भने राम्रो प्रदर्शन सकेन । ३ सय ६४ रन पक्ष्याएको नेपालले सुरुआतमा नै विकेट गुमाउन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुँदै पवेलियन फर्किदा नेपालको इनिङ संकटमा परेको थियो ।

पाँच रन हुँदा नेपाली टिमका कप्तान ज्ञानेन्द्र पवेलियन फर्किदा पहिलो विकेटको रुपमा क्रिजमा आएका शरद भेषवाकर पनि चार रनमा पेभेलियन फर्किएपछि नेपालले सात रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि १६ रन हुँदा नेपालले तेस्रो विकेटको रुपमा राजु रिजाललाई गुमाउन पुग्यो । राजु ८ रनमा पवेलियन फर्किउ । त्यसपछि आरिफ शेख र दिपेन्द्रसिंह ऐरी नेपालको पारीलाई बचाउने प्रयास गरे पनि उपकप्तानको ब्याटिङ चल्न सकेन । १ रनमा पवेलियन फर्किदा उनलाई साथ दिएका  आरिफ शेख १० रनमा आउट भए । नेपालले ३४ रनमा पाँच विकेट गुमायो । छैटौ विकेटका लागि विनोद भण्डारी र सोमपाल कामीले अर्धसतकीय साझेदारी गरे । विनोद ३६ रनमा आउट हुँदा नेपालले १ सय ६ रनमा छैटौं विकेट गुमायो । त्यसपछि पनि नेपालले करण केसी र पवन सराफलाई सस्तैमा गुमायो । सोमपाल कामी पनि रनमा २६ रनमा आउट भएपछि नेपालले १ सय ११ रनमा नौ विकेट गुमायो । अन्तिममा सन्दिपले ३९ रन बनाउदै नेपालका लागि उच्च स्कोरर बने ।

यससँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ । र, नेपाल फलो अनमा समेत परेको छ । तर, एमसीसीले नेपाललाई फलो अन नदिने भएको छ ।

दोस्रो दिनको खेलमा नेपाल अल आउट भएपछि एमसीसीले दोस्रो इनिङ सुरु गरेको छ । दोस्रो दिनको दोस्रो इनिङ्समा एमसीसीले २ विकेटको क्षतिमा ९१ रन जोड्दा ३ सय २ रनले अगाडि छ । एमसीसीले तेस्रो दिन शुक्रबार पुनः ब्याटिङ गर्नेछ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचिटिनो बर्खास्त

  • ४ मङ्सिर, २०७६

एजेन्सी । इंग्लिस क्लब टोटेनह्यामले प्रशिक्षक माउरिसियो पोचिटिनोलाई बर्खास्त गरेको छ । नयाँ सिजनमा क्लबको सुरुवात निकै निराशापूर्ण भएपछि क्लबले

युरोकप छनोटमा बेल्जियमको शतप्रतिशत जित

  • ४ मङ्सिर, २०७६

एजेन्सी । युरोकप छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा पनि बेल्जियमले शानदार जित निकालेको छ । यससँगै बेल्जियमले युरोकप छनोटका सबै खेल जितेको छ ।

मैत्रीपूर्ण फुटबलमा ब्राजिलसँग दक्षिण कोरिया पराजित

  • ४ मङ्सिर, २०७६

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि शानदार जित निकालेको छ । युनाइटेड अरब इमिरेट्सको सहर आबुधाबीमा मंगलबार