• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजको पत्रपत्रिकाः तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

आजको पत्रपत्रिकामा भारतले कालापानी मिचेको विषय प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा भारतले कालापानीवरै पनि मन्दिर बनाउन नदिएको विषयलाई प्रमुख समाचार बनाइएको छ । कान्तिपुर लेख्छ– भारतीय पक्षले महाकाली नदीवरपर आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय समुदायको परम्परागत पवित्र भूमि हो । तर, त्यहाँ उनीहरुलाई प्रवेश निषेध छ । त्यसैले उनीहरुले अतिक्रमित क्षेत्रभन्दा करिव २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माण पनि भारतीय सुरक्षाकर्मीले अबरोध खडा गरेका छन् ।
अन्नपूर्ण पोस्टले जहाज ‘डिले’, यात्रु हैरान शिर्षकमा समाचार लेखेको छ । नागरिक दैनिकले पश्चिमी सीमामा सधैं समस्या शिर्षकमा प्रमुख समाचार लेखेको छ । दार्चुलाको व्याँस गाउँपालिकाको त्रिदेशिय सीमाक्षेत्रमा भारतीय अतिक्रमण भएको पाँच दशक नाघिसकेको छ । व्याँस गाउँपालिकाको वडा नं १ साबिकको व्याँस गाविस चीन र भारतसँग सिमाना जोडिएको त्रिदेशीय विन्दु भएपनि नेपालको राज्यसंयन्त्र बाहिर छ, जसका कारण भारतीय दबदबा रहँदै आएको छ । 
कारोबार आर्थिक दैनिकले ती ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी शिर्षकमा प्रमुख समाचार लेखेको छ । सरकराले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानी जहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर