• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

दाङका सबै क्षेत्र विद्युतीकरण हुनेछः मन्त्रि पुन

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएको बताएका छन् । ‘नेपाल विद्युतीय ऊर्जामा आत्म निर्भर बन्दै गएको छ, विदेशबाट आयात हुने विद्युत कम हुँदै गएको छ, उनले भने, आगामी वर्ष नेपालमा उत्पादन भैरहेको विद्युत दोब्बरले बढाउने गरी सरकारले काम थालेको छ ।’

प्रेस संगठन नेपाल दाङले आयोजना  गरेका पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रि पुनले आगामी वर्षभित्र दाङका सबै क्षेत्रमा विद्युतीकरण हुने बताए । दाङमा १ सय ३२ केभी प्रशारण लाईन निर्माण भइसकेका छ, जसले यहाँ ठूलो उद्योग, कलकारखाना, सिमेन्ट उद्योग सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल विजुलीमा आत्मनिर्भर भएसँगै भारतबाट आयात गर्ने विजुलीमा समेत कटौती गर्ने मन्त्रि पुनकाे भनाइ छ  । हाल वर्षाको समयमा नेपालले भारतमा विजुली निर्यात गरिरहेका बताए । खिम्तीदेखि धनुषाको ढल्केबरसम्म २२० के भी क्षमताको प्रशारण लाईन मात्रै रहेकाेमा अब दोस्रो प्रशारण लाइन बनाउने विषयमा सहमति भइसकेको उनले बताए ।

उत्पादित विजुली विक्री गर्नका लागि नेपाल भारत र बंगलादेश बीचको त्रिपक्षीय विद्युत् व्यापार सम्झौता भइसकेकाे जानकारी दिए । त्यो छिट्टै कार्यान्वयनमा आउने छ ।   आगामी तीन वर्षमा तीन हजार, ५ वर्षमा पाँच हजार र १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य पुरा गरेर छाडिने मन्त्रि पुनले बताए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर