• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अनेरास्ववियूद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाडौं । सत्तारूढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले आज राजधानीको  लैनचौर स्थित भारतीय दुतावास् घेराउ गरेको छ । भारत सरकारले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको भूभाग  भारतीय नक्सामा पारेको विरोधमा अनेरास्ववियू आन्दोलनमा छ ।

अनेरास्ववियूले आज भारतीय दुतावास अगाडि चर्को नारावाजी सहित एक घण्टा धर्ना दिएको छ । धर्ना कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले मातृभूमिको रक्षाका लागि अनेरास्ववियूको नेतृत्वमा लाखौंलाख विद्यार्थीहरु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको वताए।  

कार्यक्रममा सहसंयोजक रञ्जित तामाङले सरकारले कुटनैतिक पहलकदमी मार्फत अविलम्ब सिमा समस्या सुल्झाउनुपर्ने धारणा राखे।

धर्ना कार्यक्रममा प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी ,लिम्पियाधुरा, लिपुलेक (हाम्रो हो, गो ब्याक(इण्डिया जस्ता चर्का नारा लगाएका थिए। 

आन्दोलनरत  अनेरास्ववियुले २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर