सहयोगी विकास बैंकका सदस्य पुर्पक्षका लागि जेल चलान

जनकपुरधाम । ठगी आरोपमा पक्राउ परेका सहयोगी विकास बैंक लिमिटेड जनकपुरधामका सञ्चालक समितिका सदस्य दिपु भनिने दिपेन्द्रकुमार यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । 

जनकपुरधाम वडा नम्बर ७ बस्ने लालबाबु रौनियारको जग्गा जालसाजी तथा ठगी गरेर बिक्री आरोपमा यादवलाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

दिपेन्द्र कुमार यादवले लालबाबु रौनियारको जग्गा धितोमा राखेर यादवले ५० लाख रुपैया ऋण दिएका थिए । 

ऋण लिएको ८ वर्ष पछि चुक्ता स्वरुप ७३ लाख रुपैया बुझाएका थिए । पीडित रौनियारले जग्गा विक्रि गरेको जानकारी पाएपछि उनले यादव विरुद्ध धनुषा जिल्ला अदालतमा ठगी तथा जालसाजीको मुद्दा जाहेरी दर्ता गराएका थिए । 
सो मुद्दामा अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले जानकारी दिए ।

पीडित रौनियारले करिब ८ वर्षअघि महोत्तरीको बर्दिवासमा रहेको ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । 

केहि वर्ष भित्रै सो ऋणवापत यादवलाई ७३ लाख रुपैया चुक्ता गरेपनि जग्गा फिर्ता पाएका थिएनन् । जग्गा फिर्ता गर्न पटक–पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि ६ वर्षअघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेका थिए ।

यता सहयोगी विकास बैंक जनकपुरले दिपेन्द्र कुमार यादवलाई सञ्चालक समितिका सदस्यबाट पदमुक्त गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर