फिल्म ‘प्रेम गीत ३’ को छायांकन सुरु
काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को छायांकन सुरु को छायांकन सुरु भएको छ । काठमान्डौको दक्षिणकाली मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहुर्त गरिएको हो । मुहुर्तमा फिल्मका निर्माता निर्देशक सन्तोष सेन, छेतान गुरुङ, कलाकार प्रदीप खड्का, मनिष राउत क्रिस्टिना गुरुङ, अनुभव रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
फिल्ममा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायत को अभिनय रहने छ ।आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ निर्देशन गर्न लागेको यो फिल्म उनीहरुले नै निर्माण गर्दै छन् । प्रेम गीतको तेस्रो सिरिज यो बर्षको अन्तिम ‘चैत २८’ मा देशभर प्रर्दशनमा आउने छ ।
प्रतिकृया दिनुहोस