• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बेलायतीमा नेपाल भ्रमण वर्ष २०२० घाेषणा, अभिनेत्री लुम्ले सद्भावना दूत (फोटो फिचर)

बेलायत । बेलायतको माथिल्लो सदन हाउस अफ लर्डस सुरक्षा र चर्चाको हिसावमा एकदमै नामी मानिन्छ । उत्तीक्कै संबेदनशील स्थान पनि । र, यही ठाउँबाट नेपाल भ्रमण वर्ष २०२० को उद्घोष भएको छ ।

स्थानिय समयअनुसार बिहीबार साँझ ७ बजे (नोभेम्बर ७) नेपाल भ्रमण वर्ष २०२० सचिबालयले नेपाल सेन्टर यूकेको सहकार्यमा आयोजना गरेको कार्यक्रममा ३ जनालाई सद्भावना दूत, ६ जनालाई हिमालयन अवार्डस् तथा ८ जनालाई पर्यटन प्रवद्र्धन सहयोगीको प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन, तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले ब्रिटिश गोर्खा सैनिकमाथि भएको विभेद विरुद्धको आन्दोलनमा सशक्त योगदान दिएकी बेलायती चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता जोआना लुम्ले लगायतलाई नेपालका लागि पर्यटन सद्भावना दूतको रुपमा सम्मानित भगरे ।

लुम्लेसंगै नेपाल भ्रमण वर्ष २०२० कालागि सद्भावना दूतहरुमा भारतीय मूलका बेलायती राजनीतिज्ञ सन्दिप कुमार बर्मा (सम्माननीय ब्याराेनेस बर्मा) र भारतीय मूलकै बेलायती धनाढ्य व्यापारी गोपीचन्द परमानन्द हिन्दुजालाई पनि नेपाल भ्रमण वर्ष २०२० अभियानको सद्भावना दूत नियुक्तको प्रमाणपत्र प्रदान गरिएको थियो ।

नोभेम्बर ४–६ सम्म सञ्चालित वल्र्ड ट्राभल मार्केट (डब्लूटीएम) मा समेत भाग लिनु भएका पर्यटन मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष प्रवर्धनका लागि विशेष कार्यक्रम योगदान गर्दै आएकाहरुलाई दी हिमालयन ट्राभल अवार्ड २०१९’ बाट सम्मान समेत गरे ।

लामो समयदेखि नेपालमा पर्यटकहरु पठाउने प्रमुख बेलायती टुर अपरेटरहरु ट्राभल एजेन्ट तथा होटेल व्यावसायी रमेश अरोरा, नेपालको पर्यटनमा अढाई दशकदेखि लागि परेका मार्कुस कर्टुन, नेपालको वाइल्ड लाईफ टुरिजममा काम गर्दै आउनुभएका एभी जीम इडवार्ड, नेपालको पर्यटन गन्तब्यको प्रचारप्रसारमा लामो समयदेखि लागिपरेका कर्नेल जेम्स ओवेन मेरियन रोबर्टस र नेपाल टुरिजमका पाइनियर ज्ञाता रोविन मार्टसन् र टोनी जोन्स्लाई दी हिमालयन अवार्ड वितरण गरिएको थियो ।


त्यसैगरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने ७ बेलायती टुर अपरेटरहरूलाई प्रसंशा पत्र वितरण गरिएको थियो । रिभिएरा ट्राभल, की एड्भेन्चर ट्राभल, एक्जाेडस ट्राभल, मर्करी होलिडेज,टीटान ट्राभल र माउण्टेन किङडमले प्रसंशा पत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशी, पर्यटन मन्त्रालयका सहसचिब घनश्याम उपाध्याय, नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यन्वयन उपसमितिका सदस्य सृजना राणा, नेपाल पर्यटनसचिबालयबाट कार्यक्रम प्रवन्धक रोहिणी खनाल तथा हाउस अफ लर्डसका पदाधिकारीको उपस्थिती रहेको थियो ।

त्यसैगरी, एनआरएन यूकेका प्रतिनिधि, ब्रिटेन नेपाल सोसाइटीका प्रतिनिधिहरु, ब्रिटिस गोर्खा आर्मीका प्रतिनिधिहरु, नेपाल सेन्टर यूकेका प्रतिनिधिहरु, मिडियाकर्मी, टुर अपरेटर, व्यापारीहरु लगायतका उपस्थिता रहेको थियो ।

कार्यक्रममा उपस्थित महाननुभावहरूले नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन प्रबर्धन अभियानकाे प्रशंसा गर्दै यस अभियानलाई सक्दाे सहयाेग गरी पर्यटन प्रबर्धनमा याेगदान दिने बिचार ब्यक्त गरे ।

नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटनमन्त्री भट्टराईले विश्वभरबाट नेपाल भ्रमण गर्न आव्हान समेत गरे । नेपाल सरकारले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटनमन्त्री भट्टराई आज शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर