वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियानको आवश्यकता छैन : चौधरी ग्रुप

काठमाडौं । वाईवाई विश्वव्यापी प्रसिद्ध ब्रान्ड भएकोले यसको प्रवद्र्धनका लागि कुनै अभियानको आवश्यकता नरहेको चौधरी ग्रुपले जनाएको छ । वाईवाईलाई “बलियो नेपाल” अभियानसँग जोडेर केही सञ्चारमाध्यममा समाचार आएपछि कम्पनीले सो बारे प्रस्ट्याएको हो । 

'विगत केहीदिनदेखि केही सञ्चार माध्यममा “बलियो नेपाल”अभियानका सन्दर्भमाचौधरी ग्रुप र विषेशगरी वाईवाई चाउचाउको नाम जोडेर आएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।' कम्पनीका जनरल म्यानेजर मधुसुदन पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 'वाइवाई चाउचाउलाई “बलियो नेपाल” अभियानमा समावेश गराउने कुनै योजना नरहेको प्रष्ट पार्न चाहान्छौं ।' 

कम्पनीले ४० बर्षदेखि उत्पादन हुँदै आएको विश्वव्यापी प्रसिद्ध ब्रान्ड वाईवाईको प्रवद्र्धनका लागि कुनै अभियान आवश्यक नपर्ने समेत प्रस्ट पारेको छ । 

बलियो नेपाल, नेपालमा सुरक्षित र पौष्टिक उत्पादनहरूको उपलब्धता सर्वसुलभ बनाउन र स्वस्थ उत्पादनहरूको माग बृद्धि गर्ने उदेश्यका साथ स्थापित एक स्वतन्त्र गैर नाफामुलक संस्थाहो जुन नेपालको नागरिक समाजका अग्रजहरु नेतृत्वकर्ता रहको स्वतन्त्र बोर्डद्वारा संचालित छ । 

नेपालमा बलियो नेपाल अभियानको सुरुवात तथा यसको विकास एवं विस्तार गर्नका लागि संयुक्त राज्य अमेरिका स्थित बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले चौधरी फाउन्डेसनलाई अनुदान सहायता प्रदान गरेको हो । 

विभिन्न निजी क्षेत्रका सरोकारवालाहरूसँगको बृहत छलफल, गहनबजार अध्ययनका साथै विशेषज्ञहरुद्वारा विभिन्न आर्थिक एवं सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको खानपिन सम्बन्धी व्यवहार तथा पोषण स्तर बुझ्ने प्रयत्न पश्चात सम्बन्धीत क्षेत्रका विज्ञ तथा समाजका प्रभावशाली व्यक्तित्वहरु एकजुट भई प्रारम्भ गरिएको यस अभियानको विधिवत रुपमागत नोभेम्बर १, २०१९ सुरुवात भएको हो । 

यस कार्यक्रममार्फत कुपोषण र अदृष्ट भोकबिरुद्धको राष्ट्रिय अभियानलाई थप योगदान पु¥याउन पाएकोमा हामी गौरवान्वित छौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर