• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:09 pm

लक्ष्यभन्दा रु ४७ करोड बढी राजश्व सङ्कलन

काठमाडौं । सानो भर्यास्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५/०७६ मा रु एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले रु १ अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप रु ४७ करोड वृद्धि भएको जनाएको हो ।  सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए । 
    
आव २०७६÷०७७ को कात्तिक २० गतेसम्म रु ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ  मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ । 

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ । कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा  सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए । उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई  सेवा दिएको जनाएको छ । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

लकडाउनको अवधिमा पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थ बिक्रीवितरण

  • ९ जेठ, २०७७

काठमाडौं । बन्दाबन्दी अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पाँच हजार ४१४ मेट्रिक टन खाद्य पदार्थको

लकडाउनमा पनि सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम  

  • ८ जेठ, २०७७

काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लाकडाउन)काबीचमा पनि धनुषामा निर्माणाधीन ४००÷२०० केभी  ढल्केबर

मन्त्री पुनले बुझाए कोरोना कोषमा १ करोड ११ लाख

  • ४ जेठ, २०७७

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जासंग सम्बन्धीत निजी क्षेत्रमार्फत संकलित १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ कोरोना