हरिबोधिनी एकादशी : पाल्पाको राम्दीमा बिहानैदेखि चहलपहल

पाल्पा । प्रदेश नं. ५ को पाल्पा र गण्डकी प्रदेश अन्तरगत स्याङ्जाको संगम स्थल रामनदी धाम, राम्दीमा हरिबोधिनी एकादशीका अवसरमा बिहानैदेखि विशेष मेला लागेको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राम्दीको कालीगण्डकी नदीमा स्नान गर्नका लागि बिहानैदेखि दर्शनार्थीको भिडभाड बढेको छ ।

कार्तिके ठूलो एकादशीका नामले प्रसिद्ध हरिबोधनी एकादशीको अवसरमा विशेष गरी विहानमा तुलसीको पुजा आजा गरी विवाह गरीदिने, कालीगण्डकी नदीमा स्नान गर्ने र दिनभर उपवास बस्ने प्रचलन रही आएको छ । हरीबोधनी एकादशीका दिनमा राम्दीमा भने तोरन तार्ने प्रचलन रहेको छ । बाबीयोको डारीको तोरण बनाएर एकादशीको दिनमा नदी वारपार हुनेगरी तारेमा परिवारमा शुख शान्ति हुने र पृतीहरुको वैकुन्ठमा बास हुने धार्मीक विश्वास रहेको छ ।

केहि वर्ष अघिसम्म बोटेहरुको सहायतामा नदीमा तोरन तारीने भएपनि आजभोली भने, बोटे समुदायको पलायन संगै पुलबाटै नदी वारपार गराएर तोरन तार्ने गरेको दर्शनार्थीहरु बताउँछन ।

परम्परागत रुपमा बाबीयोको डोरीलाई कम्मरमा बाधेर नदीमा पौडी खेली नदीपार गराउने भएपनि अहिले भने नदीमा पौडने बोटेसमुदायको संख्यामा कमी आउनुका साथै जोखिम पनि बढी हुने रपछिल्ला पुस्ताका मानिसहरुले तोरन पुलबाटै तार्ने गरेको पाईन्छ ।

परम्परादेखि चलीआएको तोरन तार्ने संगै एकादशीका अवसरमा यसक्षेत्रमा कृषि जन्य बस्तुहरू सुन्तला, सखरखण्ड, केरा, डाला ,सुपा लगायतका स्थानीय उत्पादनले समेत बजार पाउने हुदाँ व्यापारका लागि टाढा टाढाबाट व्यापारीहरु व्यापारका लागि राम्दीमा आएका छन । जेठी माईली र कान्छी गरि तिन दिनसम्म चल्ने एकादशी मेलामा पहिले दिनमा गंगा स्नान गर्न नपुगेका भक्तजनहरु माहिली र कान्छी एकादशीका दिन राम्दीमा आउने गर्दछन । धार्मीक एंव एतिहासीक महत्व बोकेको प्राचीन शिद्दगुफा मन्दिरमा पनि एकादशीका अवसरमा खासगरी घरमा भएका गाई भैसीको दुध गुफामा चडाउदा गाई बस्तुलाई हानी नोक्सानी नहुने धार्मीक विश्वास अनुसार दुध चडाउने भक्तजनको समेत भिड लागने गर्दछ । कालीगंगा स्नान गरि शिद्धगुफाको दर्शन गर्न देशका विभिन्न स्थान लगायत छिमेकी देश भारतबाट समेत आएका भक्तजनहरुले गर्दा राम्दीमा बिहानैदेखि चहपहल बढेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर