त्रिभुवन विमानस्थलमा दु्ईवटा विमान ठोक्कियो, क्षति सामान्य
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे मा श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको बताइएको छ । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो ।
जहाजमा सामान्य क्षति भएको श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले बताए ।
प्रतिकृया दिनुहोस