विद्यार्थीलाई विष्पोटक पदार्थको जोखिम र बन्यजन्तु संरक्षणबारे सेनाको सचेतना 

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षा खटिएको सेनको देवीदल गणले शुक्रबार कञ्चनपुरका विभिन्न निजी तथा सामुदायिक विद्यालयमा राष्ट्रिय सेवा दलको प्रशिक्षणमा रहेका विद्यार्थीलाई प्रकृति संरक्षण तथा बन्यजन्तु लगायतका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

‘विगतको द्वन्दकालमा लुकाइएका वा राखिएका विष्पोट पदार्थहरु अझै पनि बेवारिसे अवस्थामा भेटिन सक्छन ।’ देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले भने–‘शंकाष्पद बस्तु भेटिएमा प्रहरी वा नजिकको सुरक्षा निकायलाई खबर गरेर हुनसक्ने क्षति न्युनीकरणमा लाग्नु पर्छ ।’

उनले शंकाष्पद बस्तु भेट्दा स्वंयमता अपनाएर जोखिम कम गर्न समाजमा भूमिका निभाउनुपर्नेमा जोड र्दिए । विष्पोटक पदार्थको जोखिमबाट हुन सक्ने क्षति न्युनीकरण र प्रकृतिको संरक्षण एवं बन्जयन्तुको चोरी शिकारी नियन्त्रणमा पनि स्थानीयबासी, विद्यार्थीहरुको अहम भूमिका हुने उनको भनाई थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सेवा दलको विषय समेटिएको वृतचित्र समेत देखाइएको छ । कार्यक्रमा पाँच विद्यालयका १८० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

देवीदल गण, मझगाउँ व्यारेकको आयोजना तथा यहाँस्थित सेनाकै सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको संयोजनमा भएको सचेतनामुलक कार्यक्रममा सरस्वती मावि परखेडी, इन्टरनेशनल पब्लिक हायर सेकेन्ड्री स्कूल, सनराइज पब्लिक हायर सेकेन्ड्री, लिटिल स्टार र बैजनाथ माविका छात्र÷छात्रा सहभागी थिए ।

त्यसैगरी कार्यक्रममा विद्यार्थीहरुलाई विष्पोटक पदार्थको खोजिमबारे सचेतना समेत दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर