• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

एमसीसीसँग नेपाल पराजित

काठमाडौं । पाहुना टिम मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछयाएको नेपाल ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिन पुग्यो । खेलमा नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्ध सतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए । सरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउन भएका थिए ।

एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानलाई ३९, तथा एड योङले ३१ रन बनाएका थिए भने विल रोड्सले ३० रन बनाउन भ्याए । एमसीसीका यासिरा अराफाट ६५ रनमा अविजित रहे । त्यस्तै टम वेस्टलीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर