पूर्वअर्थ राज्यमन्त्री तथा व्यापारी रुप ज्योतिका बाबुछोरीलाई ३ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । पूर्व अर्थराज्य मन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । उनीहरु द्धय हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो । तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए । 

पक्राउ अनुमति दिएको झण्डै एक वर्षपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

रुप ज्योतीका बाबु छोरीलाई प्रहरीले बिहिवार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर