• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

तीन दिवसीय साहित्य उत्सव जनकपुरधाममा शुरु, पूर्व राष्ट्रपति यादवले गरे उदघाटन

जनकपुरधाम । तिन दिवसीय नेपाल साहित्य उत्सव जनकपुरधाममा शुरु भएको छ । 

बुक वर्ड फाउण्डेशनको आयोजनामा जनकपुरधाममा शुरु भएको नेपाल साहित्य उत्सवको उदघाटन पूर्व राष्ट्रपति डा। रामवरण यादवले गरेका छन् । उनले जानकी मन्दिरकै प्रांगण छेउमा रहेको रामजानकी विवाहमण्डपमा वृक्षारोपण गरेर साहित्य उत्सवको उदघाटन गरेका हुन् । 

उत्सवको उदघाटनपछि स्थानीय कलाकारहरुले सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरेका छन् । 

कार्तिक २२, २३ र २४ गतेसम्म चल्ने नेपाल साहित्य उत्सवमा विभिन्न समसामयिक विषयमाथि विद्वानहरुले चर्चा परिचर्चा गर्ने छन् । सन २०११मा शुरु गरिएको नेपाल साहित्य उत्सव काठमाडौँ हुँदै पोखरा र यस पटक जनकपुरधाममा साहित्य उत्सवको आयोजना गरिएको हो । 

तीन दिनसम्म चल्ने सो साहित्य उत्सवको विभिन्न सत्रका लागि जनकपुरधामको विभिन्न ४ वटा ऐतिहासिक स्थलको प्रयोग गरिने छ । कुल १३ वटा सत्र रह्ने सो उत्सवका लागि जनकपुरधामको जानकी मन्दिर, जानकी मन्दिर परिसरसंगै रहेको विवाहमण्डप, रेल्वे स्टेशन,  गंगासागर पोखरीको प्रयोग गरिने छ ।  

उत्सवकोे दोस्रो दिन शनिबारदेखि विभिन्न समसामयिक विषयमाथि चर्चापरिर्चा हुने आयोजकले जनाएको छ । चुरेको चिन्ता शिर्षकमा पूर्व राष्ट्रपति डा। रामवरण यादव र पूर्व प्रधानमन्त्री माधव नेपालसंग पत्रकार चन्द्र किशोर झाले सम्वाद गर्नेछन् ।  त्यस्तै जानकी मन्दिरको प्रांगणमा नेपाली कांग्रेसका नेता प्रदीप गिरीले सीता माथि प्रवचन दिनेछन् ।  

जनकपुरधामको रेल्वे स्टेशनस्थित अर्थतन्त्र र राजनीतिमाथि चर्चा गर्नुका साथै प्रदेश वा परदेश विषयमा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्माले मोडरेटर गर्ने सत्रमा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतसंग छलफल गरिने छ ।  
त्यस्तै मधेशको हिमाल विषयमा डा। रामदयाल राकेश र कनकमणि दिक्षित बिच परिचर्चा हुनेछ ।  स्वाभिमान सम्मान र अभिमान विषयमाथि हिमाल खबर साप्ताहिकका सम्पादक किरण नेपाल, प्रदेश दुईका मुख्य न्यायधिवक्ता दीपेन्द्र झा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी बिच परिचर्चा गरिने छ । यस सत्रको मोडरेटर नेपाली कांग्रेसका नेता गगन थापाले गर्नेछन् ।  

विकासको खाका माथि जनकपुरधाम उपमहानगरपालिका, विरगंज महानरपालिका र राजविराज नगरपालिकाका प्रमुख बिच सम्वाद हुनेछ यसको मोडरेटर पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले गर्नेछिन । यसका साथै साहित्य उत्सवमा सीमा सम्वाद, साहित्य सम्झनामा, कविता वाचन लगायतका सत्रहरु समेत समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर