• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चीनमा यसरी बन्दैछन् ‘भर्टिकल फरेस्ट’ (फोटोफिचर)

सिजुआन प्रान्तको राजधानी चेङ्ग्डुमा अवस्थित भर्टिकल फरेस्ट । तस्विर : चाइना डेली

एजेन्सी । विश्वमा सहरीकरण बढ्दै जाँदा धेरैजसो पर्यावरणसँग सरोकार राख्ने व्यक्तिहरुले प्रश्न उठाइरहेका छन् ः भविष्यमा यी सहरहरु कस्ता देखिनेछन् ? 

शदाब्दीऔँदेखि सहरी योजनाकारहरु र आर्किटेक्चरहरु यही मुद्दाबाट घेरिएका छन् । तर, अब भविष्यमा सहरहरु सफा र हरियाली हुने सम्भावनाहरु देखिएका छन् । 

हामीले नेपालकै सहरहरुमा पनि घरका बार्दली तथा छतमा बोट–विरुवा, सागसब्जी लगाएको वा देखेका छौँ । यस्ता बोटविरुवाले विश्वका ठूला–ठूला सहरहरुमा प्रदुषण मुक्त मात्रै रहनेछैनन्, वासिन्दाहरुले ताजा हावासँगै श्वास फेर्न सक्षम बनाउँछन् । यसको सुरुवात विश्वका केही सहरहरुमा देखिइसकेको छ, जस्तै, चीन, सिंगापुर, अस्ट्रेलियाको सिड्नी तथा इटालीको मिलान आदि ।

दिगो सहरीकरणमा विश्वको एक प्रमुख विशेषज्ञ भरत दहिया भन्छन्, ‘भविष्यमा सहरहरुमा २० वा ३० तलाको भवनहरु रहनेछन्, जो हरियाली, स्वच्छ उर्जा स्रोतहरुको उपयोग गर्ने र रुख र बुटियानले ढाकिएका हुनेछन्’ ।

दहिया थाइल्याण्डको बैंककमा ‘थम्मासाट युनिभर्सिटी कलेज अफ इन्टरडिसिप्लिनरी स्टडिज’का निर्देशक र दक्षिण कोरियाको सोलमा सहरी युवा एकाडेमीका प्राध्यापक पनि हुन् ।

‘रुखले छायाँ दिन्छ, रुखहरुले चिसो क्षेत्रमा जस्तै बाटो, सडक र खुल्ला स्थानहरुलाई घामसँग जोड्छ र यसको परिणाम स्वरुप सहरहहरु तथा मानव बस्तीहरुमा निम्न औसत तापमान कायम राख्छ’, ‘उनी भन्छन्, ‘रुख–बिरुवाहरुले हावालाई सफा गर्छ, सहरी प्रदुषणमा कमी ल्याउँछ र आवश्यक अक्सिजन प्रधान गर्छ’ । 

गत सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा भएको राष्ट्रसंघीय जलवायु शिखर सम्मेलनले अफ्रिका र एसियाका ९० सहरमा वृक्षरोपण गर्ने योजना अघि सारेको छ । त्यसो त चीनमा यो योजना सुरु हुनअघि नै सहरी वनजंगल योजनाहरु सुरु भएका र हुने क्रममा छन् । 

जस्तै, चीनको चिआङसु प्रान्तको राजधानी नानचिङ सहरस्थित दुई आवासीय अग्लो भवनहरु र प्रान्तको राजधानी चेङ्ग्डुमा यही योजनाअनुसार नै इटालीका आर्किटेक्चरहरुले बनाइरहेका छन् । जसलाई ‘भर्टिकल फरेस्ट’ अर्थात् हरियाली भवनहरु पनि भनिन्छ ।

निर्माण सम्पन्न भएपछि यी भवनमा २३ स्थानीय प्रजातिका ११ सय रुख र २५ सय अन्य विरुवा र बुटियानहरु लगाइनेछ । आर्किटेक्चरका अनुसार, यी रुख–बिरुवाले प्रत्येक वर्ष २५ म्याट्रिकटन कार्बनडाइअक्साइडलाई अवशोषित गर्ने र एक दिनमा करिब ६० किलोग्राम अक्सिन उत्पादन गर्नेछ । 

तस्विर : चाइना डेली

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर