कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षिय बैठक
काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।
ओलीले शनिबार दिउँसो ४ बजे मुख्य राजनीतिक दलका नेताहरूसँगको बैठक डाकेको उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
ुभारतको नयाँ नक्साबारे आफ्नो नक्साबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । प्रतिपक्ष दलहरूले पनि त्यसबारे आफ्नो धारणा बताइरहेका छन् ।
बैठकमा सबै पार्टीकाक पूर्व परराष्ट्रमन्त्रीहरूसमेत आउने उनले बताए ।
प्रतिकृया दिनुहोस