• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

आजका समाचार हाइलाइट्स २२ कार्तिक, २०७६

कालापानीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षिय बैठक 
काठमाडौं । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा विरोध भइरहेको छ । सरकारले एकपक्षीय नक्सा मान्य नहुने बताएको छ ।


कालापानीबारे प्रमसँग कात्तिक २५ मा छलफल हुने 
काठमाडौं । भारतले आइतबार सार्वजनिक गरेको भनिएको नयाँ राजनीतिक नक्शामा नेपालको कालापानी उसको भूभागमा समेटेको भन्ने सम्वन्धमा छलफल गर्न प्रधानमन्त्रीलाई बोलाइएको छ ।  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आगामी सोमबार बस्ने समितिको बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्रीलाई बोलाएको हो ।


सरकारका प्रवक्ता भन्छन्–ुपाँच वर्ष पछि मुलुकले काँजुली फेर्छ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए ।

दाङका सबै क्षेत्र विद्युतीकरण हुनेछः मन्त्रि पुन 
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले नेपाल विद्युत्मा आत्मनिर्भर बन्दै गएको बताएका छन् । ‘नेपाल विद्युतीय ऊर्जामा आत्म निर्भर बन्दै गएको छ, विदेशबाट आयात हुने विद्युत कम हुँदै गएको छ, उनले भने, आगामी वर्ष नेपालमा उत्पादन भैरहेको विद्युत दोब्बरले बढाउने गरी सरकारले काम थालेको छ ।’


त्रिभुवन विमानस्थलमा दु्ईवटा विमान ठोक्कियो, क्षति सामान्य 
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वे मा श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज ठोक्किएका छन् । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको बताइएको छ । विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । 


सञ्जय राना सहित दुई जना कारागार चलान, दुई जनालाई धरौटीमा छोड्न आदेश 
धनगढी । ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका धनगढी उप–महानगरपालिका वडा नम्वर ६ का सञ्जय राना सहित दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रशाद नेपालको ईजलासले राना सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई कारागार चलान गर्न आदेश दिएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर