• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

डा. केसी अस्पताल भर्ना

अमरगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । 

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । 

डा. केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलले जानकारी दिए । 

प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा. केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

चिसोका कारण डा. केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा. केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा. केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर