आजका अखबार : लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली
काठमाडौं । आजका अधिकांश पत्रपत्रिकाले लिपुलेकको विषयलाई मूख्य समाचारको रुपमा प्रकाशित गरेका छन् ।
नागरिक दैनिक सीमामा भारतको दादागिरी : नेपाल भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा विन्दु यकिन नहुनु नै हो । नेपालले आफ्ना प्रमाणका आधारमा गदै आएको दाबीलाई भारतले नमान्दा समस्या आएको हो ।
सुनौली सन्धअनुसार काला(महाकाली) नदी सीमा हो । भारतीय पक्षयले पनि काली नदी नै सीमा हो भन्ने स्वीकार गरे पनि उसले अकै खोलालाई नदी मान्छ ।
कान्तिपुर दैनिक लिपुलेकमा पस्नै पाउँदैनन् नैपाली : लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीके प्रवेशमा कडाइ गदै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
राज्यकै समरिक महत्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सा राखेपछि र्फिता हुने सम्भमवना घट्दै गएको उनीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस