• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मैत्रीपूर्ण फुटसलमा पत्रकारको टोली विजयी

झापा । दमक जेसिजले हरेक वर्षझै यस वर्ष पनि जेसिज सप्ताह आयोजना गरेको छ । जेसिजले सप्ताहका अवसरमा बर्सेनि सञ्चालन गर्ने विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो । 

दमक जेसिज वर्ष २०१९ का अध्यक्ष भीमराज केसीका अनुसार शुक्रबारदेखि सुरु सप्ताहअन्तर्गत तीन दिनसम्म विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । सप्ताहमा जेसिजको समुदाय आधारित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । केसीका अनुसार उद्घाटनसहितको दमक चोकदेखि बेलडाँगीसम्म साइकल यात्रा गरिएको थियो ।

मैत्रीपूर्ण फुटसलमा पत्रकारको टोली विजयी

यस्तै, सप्ताह कार्यक्रमअन्तर्गत शुक्रबार भएको पत्रकार र दमक उद्योग वाणिज्य संघबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । पत्रकार टोलीले वाणिज्य संघको टोलीलाई ८–१ को विशाल गोलअन्तरले पराजित गरेको हो ।

पत्रकारका लागि उद्घाटन गोल सुदीप अधिकारीले गरेका थिए भने लगत्तै डिकेश लामा, गोविन्द लुवागुन, झगेन्द्र खड्का र जीवन चुँडालले गोल गरेका थिए । हिमशिखर मिडिया ग्रुपका पत्रकार गोविन्द लुवागुन खेलको म्यान अफ दी म्याच घोषित भए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर