‘द भ्वाइस अफ नेपाल’ को लाइभ राउन्ड सुरु, यसरी गर्नुस् मनपर्ने प्रतियोगीलाई भोट (प्रक्रियासहित)

काठमाडौं । सांगीतिक रियालेटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को नकाउट राउन्डबाट १२ प्रतिस्पर्धाी छानिएर लाइभ शोमा पुगेका छन् । नकाउट राउन्डबाट ४ जना कोचहरूले आफ्नो टिमबाट तीन–तीनजना प्रतिस्पर्धाी छनोट गरी टप १२ जना पुर्याएका छन् । 

भ्वाइसका कोच दीप श्रेष्टबाट विकास, रजनी र सञ्जय शो मा पुगेका छन् भने कोच आस्थाबाट यांकी, शशिक र आरिफ लाइभ राउन्डमा जान सफल भएका छन् । त्यसैगरी, कोच प्रमोद खरेलबाट बलबहादुर, मेचु र राम लाइभ राउन्डमा पुगेका छन् । त्यस्तै, कोच राजु लामाबाट गीता, अन्जु र सनिस लाइभमा जान सफल भएका छन् । 

राइभ राउन्ड शुक्रबारबाट सुरु भएको छ । कुन प्रतियोगीलाई अघिल्लो राउन्ड पुर्याउने भन्ने निर्णयको जिम्मा अब दर्शकको हातमा हुनेछ । आफूलाई मनपर्ने प्रतियोगीलाई जिताउन प्रभु बैंकको एप डाउनलोड गरेर र एसएमएस गरेर सहभागी हुन सकिन्छ । भोटिङ लाइन आगामी शुक्रबारसम्म खुला गरिएको छ ।

प्रभु बैंकको एपबाट विश्वका कुनै पनि ठाउँबाट आफ्नो मनपर्ने व्यक्तिलाई भोट गर्न सकिन्छ भने एसएमएस गर्नका लागि NTC, NCELL, Smartcell  प्रयोगकर्ताले मनपर्ने प्रतिस्पर्धीको भोटिङ कोड लेखि ३७००० मा सेन्ड गर्नुपर्नेछ । त्यसैगरी, १६६६७७०६ डायल गरेर पनि भोट गर्न सकिन्छ । त्यस्तै, कतार र भारतका लागि लागि एसएमएस सेन्ड गर्ने कतार नम्बर ९२३०० र भारत ५३०१० रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर