• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

खोला गहिरिएसँगै विद्युत् टावर जाेखिममा

झापा । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहबीदेखि झापाको बिर्तामोडसम्म निर्माण गरेको ११ केभिए विद्युत् प्रसारण लाइनको झापास्थित शिवसतासी र कन्काई नगरपालिकाबीचको कन्काई नदीको मध्यभागमा रहेको टावर जोखिममा पर्दै गएको छ । 

माथिल्लो क्षेत्रमा चुरेको बढ्दो दोहन र तल्लो क्षेत्रबाट हुने गरेको नदीजन्य पदार्थको अधिकतम उत्खननका कारण नदीहरू गहिरिने क्रम बढेसँगै नदीभित्र निर्माण गरिएका विकास संरचना पनि जोखिममा पर्दै गएका छन् । 

नेपालकै सबैभन्दा लामो कन्काई पुलको करिब १ सय मिटर दक्षिणमा निर्माण गरिएको विद्युत् टावर कन्काई नदी गाहिरिएसँगै जोखिममा पर्दै गएको हो । सो टावरको नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयका प्राविधिकहरू स्थलगत निरीक्षण गरी तत्काल कुनै जोखिम नरहेको भनिएको भए पनि रोकथामको प्रयास थाल्न आवश्यक रहेको बताएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा दमकका इन्जिनियर सुरेन्द्र घिमिरेले बताए । 

बाहिरबाट हेर्दा जति जोखिम देखिए पनि प्राविधिक हिसाबले तत्काल कुनै खतरा नरहेको बताइएको छ । नदीको बहाव घटेपछि टावरको संरक्षणको काम थालिने पनि घिमिरेले बताए । तराई क्षेत्रमा नदी गोहिरिने क्रम नरोकिएपछि अहिले पूर्वपश्चिको मेरुदण्ड मानिएको महेन्द्र राजमार्गमा निर्माण गरिएका कतिपय पुल पनि संकटमा पर्न थालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर