• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

श्रमिकको सम्मानले मात्र समृद्धि आउँछ : विद्या भट्टराई

कास्की । कास्की क्षेत्र नं २ का की नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार विद्या भट्टराईले शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरूसँग भेटघाट एवं अन्तक्रिया गरेकी छिन् । 

भेटघाट कार्यक्रममा भट्टराईले देश निर्माणमा हरेक श्रमिकको महत्त्वपूर्ण भूमिका रहेको हुँदा सो क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले सामाजिक सुरक्षा ऐन कायान्वयन गर्न अग्रसर भइरहेको बताइन् । यसलाई थप प्रभावकारी बनाउन र श्रमिकहरूलाई थप सबलीकरण गर्नु आफ्नो पहिलो प्राथमिकता रहने बताइन् । 

देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने भएकाले सबैले श्रमको सम्मान गर्न सक्नपर्ने बताए । जिफन्ट गण्डकीले शनिबार पोखरामा आयोजना गरेको श्रमिकहरूको भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । 

भट्टाईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने भन्दै श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्यद्वय चूडामणि जंगली र श्रीनाथ बराल, जिफन्ट केन्द्रीय उपाध्यक्ष मीना गुरुङ, जिफन्ट गण्डकी प्रदेश अध्यक्ष रुद्र खत्रीलगायतले श्रमिकहरूको हक अधिकार र सशक्तिकरणका लागि नेकपाले महत्त्वपूर्ण खेल्दै आइरहेको बताए । आगामी दिनमा समेत श्रमिकको भावना र चाहानालाई कम्युनिस्ट पार्टीले सम्बोधन गर्न सक्ने उनीहरूको भनाई थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर