• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अठार लाखसहित तीन भारतीय पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीले वीरगन्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहार सुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो । 

भारतीय नम्बर प्लेट बीआर०५एस ३७९२, बीआर०५बी १४४४ र बीआर०६ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका तीनैजना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही छ लाखका दरले कुल १८ लाख नेपाली रुपैयाँ बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनैजनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । 

बरामद गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको थापाले बताए । बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोवारमा संलग्न रकम भएको प्रहरीले आशंका व्यक्त गरेको छ । सीमा क्षेत्रमा पछिलो समय हुन्डीको कारोबार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोबारको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर