पाल्पामा मालपोत कार्यालयको अनलाईन सिस्टम ‘निल्नु न ओकल्नु’

पाल्पा । पाल्पाको तानसेनमा रहेको जिल्ला मालपोत कार्यालयको सेवा प्रवाह राम्रो हुन नसक्दा सेवाग्राहीले सास्ती खेप्दै आएका छन । सरकारले सुरु गरेको अनलाइन सेवा प्रणाली संचालनमा दक्ष प्राविधिकको कर्मचारीको दरबन्दी पदपूर्ती नहुनु, अनलाईन सिस्टमले काम नर्गनु तथा कार्यालयका अधिकांश शाखाहरुमा कर्मचारीको पदपूर्ती हुन नसकेका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका छन । 

जिल्ला मालपोत कार्यालय पाल्पामा गत भदौ २९ गतेदेखि अनलाइन सिस्टमबाट काम गर्न थालिएको थियो । तर, सिस्टमले राम्रोसँग काम नगरेको भएपछि सेवाग्राही मर्कामा परेका हुन् । सुरुका दिनमा अनलाइनको सिस्टम चलाउन जान्ने दक्ष कर्मचारीको कमी भएर सास्ती खेप्दै आएका जनताहरु अहिले सिस्टमले काम नगरेपछि दैनिक रुपमा सास्ती खेप्दै आएका छन । कात्तिक पहिलो सातादेखि अनलाइन सिस्टमले राम्रोसँग काम नगरेको हुदाँ दैनिक रुपमा सयौ सेवाग्राहीको काम प्रभावित भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले जडान गरेको सिस्टमले काम नगरेको र कार्यालयमा धेरैजसो कर्मचारीको दरबन्दी खाली रहेको हुदाँ सेवाग्राहीले सास्ती खेपनु परेको जिल्ला मालपोत कार्यालय पाल्पाका सुचना अधिकारी रमेश न्यौपानेले बताए । उनले भने, धेरै जसो शाखामा कर्मचारीको दरबन्दी खालि नै रहेको छ, । भएका कर्मचाीहरु पनि सुख खोजेर प्रदेशतिर लागेपछि झनै समस्या भएको हो । अनलाईन सिस्टमका लागि भएको दरबन्दी पूर्ती हुन नसक्दा करारमा एकजना कर्मचारी राखेर काम चलाईएको  छ ।  

दैनिक मालपोत कार्यालयमा धाउनुपर्दा सेवाग्राहीको खर्चमा वृद्धि हुनुका साथै, छिमेकी दुईजना साक्षी पनि लिएर आउनुपर्ने हुदाँ झनै समस्या भएको सेवाग्राहीको गुनासो छ । केहीदिन यता सिस्टममले काम गरेको भएपछि धेरै समयदेखि काम हुन नसकेका कामलाई प्राथमिकतामा राखेर काम गर्दा अहिले पनि काममा ढिलाई भएको सेवाग्राही भनाई छ । सरकारले जनताका सेवा सुविधाका लागि सुरु गरेको अनलाईन प्रणालीको समुचित रुपमा प्रयोग हुन नसक्दा सास्ती खेप्नु परेको भन्दै जतिसक्दो छिटो यो समस्या समाधानका लागि पहल गरिदिन सेवाग्राहीले अनुरोध समेत गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर