विरिङखोलामा ‘चेकड्याम’ निर्माण हुने

झापा । विएमएस नेपाल प्रालिले अर्जुनधारा नगरपालिकास्थित वडा नं. १ विरिङखोलाको ‘चेकड्यामको डिपिआर’ तयार पारेको छ ।

नगरपालिको कार्यालयमा आइतवार प्रालिले सरोकारवाला सम्पूर्णलाई डिपिआरको नमूना प्रस्तुत गरेको थियो । १ सय ९५ मिटर लम्वाई रहने सो ड्यामको चौडाई २८ मिटर, उचाई जमिन माथि ४.५ र जमिनमुनि २.२ मिटर रहने प्रालिका सिभिल इन्जिनर पोषण ढुङ्गानाले जानकारी दिए । ड्याम निर्माण भएपछि किसानलाई सिंचाई गर्न समस्या नपर्ने इन्जिनरले बताए । नगरको १, ४ र ७ नं. वडामा ड्याम निर्माणपछि खानेपानीको सुविधा पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

ड्यामको अनुमानित लागत २३ करोड ५७ लाख ६७ हजार ८ सय १० रुपैयाँ रहेको छ । नगर उपमेयर कमला खतिवडा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रशासकीय अधिकृत पंकज भुर्तेलले आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर