• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 11:12 am

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत कार्यालयका महेन्द्र सुवेदीले जानकारी गराए । निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ ।

सो अनुरुप, कास्कीमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवारहरु चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विद्या भट्टराई, नेपाली काङ्ग्रेसबाट खेमराज पौडेल, नेपाली काङ्ग्रेस ९विपी० बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिष्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेशनबाट रियाज गुरुङ छन् ।

त्यस्तै साझा पार्टीबाट रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, राष्टिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० बाट श्रीमती गङ्गा मल्ल छन् ।

यस्तै स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रनु भएका उम्मेदवारहरूमा उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी र नवराज बाँस्तोला छन् ।  त्यस्तै, अन्य स्वतन्त्र उम्मेदवारमा यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उधौली पर्वको उपलक्ष्यमा मुख्यमन्त्री राईद्वारा शुभकामना

  • २६ मङ्सिर, २०७६

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उधौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि

अस्पताललाई सुविधासम्पन्न गराउँछौँ : मन्त्री बराल

  • २५ मङ्सिर, २०७६

लमही ।  प्रदेश नंं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश मातहतका अस्पतालहरुलाई सुविधा सम्पन्न गराउन प्रदेश सरकार लागेको बताएका छन् ।

न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा प्रधानन्यायाधीशको जोड

  • २४ मङ्सिर, २०७६

बुटवल । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायपालिकालाई स्वतन्त्र हुन दिनुपर्नेमा जोड दिएका छन । उनले आफू नेपाल बार एशोसिएसनको भावना विपरित