आज १३५औं फाल्गुनन्द जन्मजयन्ती, प्रदेश नं १ मा सार्वजनिक बिदा

झापा । किरात धर्मालम्वीका महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्तीको अवसरमा प्रदेश १ ले विदा दिएको छ । प्रदेश १ सरकारले स्थानीय तह अन्तरगत ८ नगरपालिका र ११ गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएको बताइन्छ ।
उनले किरात धर्मालम्वीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए । उनको पहलमा पाँचथरका चोकमागुमा १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ । 

करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर