• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 05:22 am

नृसिंह अवतारको प्रतिविम्ब गर्ने चार शताब्दी पुरानो कात्तिक नाच [फोटोफिचर]

कात्तिक नाच पाटनको कृष्ण मन्दिरमा मात्र देखाइने जात्रा हो  । मल्लकालीन इतिहास बोकेको यो नाचले विष्णु पुराणमा भएका विभिन्न नृसिंह अवतारको प्रतिविम्ब गर्छ । 

मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कात्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिन्छ ।

विष्णु पुराणको नृसिंह अवतारको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ । उक्त डवलीलाई कात्तिक डवली पनि भनिन्छ ।

 १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए ।
 

सुरुमा सो नाच कृष्णलिलामा आधारित थियो । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो ।
यो नाच २००७ सालको परिवर्तनपछि दुई दिनमा सीमित हुन पुगेको थियो । अहिले केही दिन लम्ब्याइएको छ ।
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राम कलेवा विधिसंगै विवाहपञ्चमी महोत्सव सम्पन्न [फोटोफिचर]

  • १६ मङ्सिर, २०७६

जनकपुरधाम । रामजानकी विवाह महोत्सवको अन्तिम दिन रामकलेवा मनाइएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाइ जानकी मन्दिर परिसरमा विभिन्न पकवान खुवाएर राम

पाल्पामा सांस्कृतिक रमझमसहित मनाइयो न्वागी पर्व [फोटोफिचर]

  • १० मङ्सिर, २०७६

पाल्पा । पाल्पामा नयाँ धान भित्राएपछि मनाईने न्वागी पर्व हराउादै गएको बेला तिनाउ गाउँपालिका २  झ्याङ्गलाबासीहरुले भने यो पर्वलाई दशै तिहार

साग तयारी : प्रधानमन्त्री अस्पताल भर्ना हुँदा अर्थमन्त्रीले गरे खेलस्थलको निरीक्षण (फोटोफिचर)

  • १० मङ्सिर, २०७६

काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले १३ औं साग २०७६ को तयारीको स्थलगत निरिक्षण गरेका छन् । यसअघि प्रधानमन्त्री केपी ओलीले स्थलगत निरिक्षण गर्ने