फिल्म ‘माछा माछा’ को प्रर्दशन मिति सर्यो

काठमडौं ।  सौगात मल्ल अभिनित फिल्म ‘माछा माछा’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । २९ कात्तिकमा प्रर्दशनको तयारीमा रहेको फिल्म अब मंसिर २० गते प्रर्दशन हुने भएको छ ।

निर्माण टिमले प्राविधिक कारण देखाउदै फिल्म सारेका हुन् । कमेडी जनराको फिल्ममा सौगातसँगै विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।

सुनिल गुरुङको लेखक तथा निर्देशन रहेको फिल्मलाई निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले निर्माण गरेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको ब्यानरमा निर्मित ‘माछा माछा’को सह–निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर