• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।  अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । 

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ परेका छन् ।  गोलकिपर विकेश, मिडफिल्डर बिक्रम र सुजल भारतमा भएको १२ औं सागमा समेत टिममा रहेका थिए । १२ औं सागमा नेपालले स्वर्ण जितेको थियो । 

साग टिमको बन्द प्रशिक्षणमा रहेका किरण चेम्जोङ, रोहित चन्द र नवयुग श्रेष्ठ टिममा परेनन् ।  नेपाली टिमको  गोलकिपर  विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर  अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ

मिडफिल्डर  बिक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर, नितिन थापा

फरवार्ड  विमल घर्ती मगर, रेजिन सुब्बा, अभिषेक रिजाल, अन्जन विष्ट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर