• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आजका समाचार हाइलाइट्स २५ कार्तिक, २०७६

डा गोविन्द केसीलाई सरकारको आग्रह–ुसिंगो देश कालापानीमा केन्द्रित छ, अनशन तोड्नुहोस्

काठमाडौं । सरकारले डा। गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश लिपुलेकको विषयतर्फ हुँदा डा गोविन्द केसीलाई अनसनमा नरहन आग्रह गरेका हुन् ।

नेकपाले छान्यो यी आयोगहरूको नेतृत्व 
 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले बिभिन्नको नेतृत्व चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले बिभिन्न आयोगमा रहने अध्यक्ष र सचिवको टुङ्गो लगाएका हो । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अनुशासन आयोग, निर्वाचन आयोग लगाएतको नेतृत्वको टुङ्गो लगाएको जानकारी दिए । 

अतिक्रमित भुभाग फिर्ता गर्ने पहल भइरहेको छु– प्रधानमन्त्री ओली 
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा भारतसंग छलफल गरिने बताएका छन् । सोमबार बिहान बसेको नेकपा सचिवालय बैठकमा उनले छलफलका लागि पूराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको समेत बताए । 


मन्त्रिमण्डल फेरबदल : सचिवालयमा छलफल भयो, निर्णय भएन 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरबारे छलफल भएपनि कुनै निर्णय भने भएन । ब्रठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरु फेरबदल गर्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । 


प्रचण्डले किन भने सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण नगरौं 
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने धारणा अघि सारेका छन् । सोमबार सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’


कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न राज्य व्यवस्था समितिको निर्देशन 
काठमाडौं । संसदीय समितिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले  भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएको हो । 

निजी कलेजविरुद्ध ठगी मुद्दा चलाउँदै सरकार, गृहलाई शिक्षाको पत्र कलेजमा चाबी लगाएर कसैले पनि उन्मुक्ति पाउँदैनः मन्त्री पोखरेल 
 काठमाडौं । बढी शुल्क लिने निजी मेडिकल कलेजविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । तोकिएको भन्दा बढी शुल्क लिने कलेजलाई सरकारले शुल्क फिर्ता गर्न निर्देशन दिए पनि कलेजले अटेर गरेका कारण बिद्यार्थी आन्दोलित भएका हुन् । यता, सरकारले पनि निजी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका गुनासो सम्बोधन गर्न अन्तिमपटक अल्टिमेटम दिएको छ । 


अब नेपाल–जापान सिँचाइमा सहकार्य 
 काठमाडौं । जापानले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्ने भएको छ ।  जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गर्दै सिँचाइ क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । भेटमा तराई मधेशमा सञ्चालन भएका सिँचाइ आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।


आलम प्रकरण स् बयान फेर्ने प्रत्यक्षदर्शी प्रहरी नियन्त्रणमा
 रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।     विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर