• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आजको पत्रपत्रिका: तीन लाखमा मिर्गौलाको किनबेच

आजको पत्रपत्रिकामा सीमा अतिक्रमणको विषय, बंगलादेशका राष्ट्रपति नेपाल आउने प्रसंङग लगायतको विषय प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा काली नदीको मुहान नै सीमा शिर्षकमा प्रमुख समाचार लेखेको छ । समाचार अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधाराबाट बग्ने काली नदीको मुहानलाई नै नेपाल भारत सीमा मानेर नक्सा तयार गर्न सरकारलाई निर्देशन दिएको छ । कान्तिपुरमै तीन लाखमा मिर्गौलाको किनबेच हुने गरेको समाचार लेखेको छ । 
अन्नपूर्ण पोस्ट दैनिकले कालापानी क्षेत्रमा सुरक्षा शून्य शिर्षकमा प्रमुख समाचार लेखेको छ । भारतले कालापानी क्षेत्रमा सुरक्षा बढाइरहे पनि नेपालतर्फको सुरक्षा उपस्थिति भने शून्य रहेको समाचारमा उल्लेख छ । त्यस्तै तीइन दशकपछि बंगलादेशी राष्ट्रपति नेपाल आउँदै शिर्षकमा समाचार छ ।

नागरिक दैनिकले ‘सरकार उपस्थित नहुँदा सम्प्रभुतामा खलल’ भन्दै लेखेको छ, ‘देशभर राष्ट्रियता बलियो हुँदै गएको देखिए पनि दार्चुलाको सीमाक्षेत्रमा भने राज्यविहीनताको स्थिति छ। जहाँ राष्ट्रियता खतरामा छ, त्यहीं राज्यको उपस्थिति नहुनु दुर्भाग्यपूर्ण भएको यस क्षेत्रका स्थानीय बताउँछन्। राज्यका कुनै निकायबिना पनि सीमामा आइपर्ने अनेकौं समस्याको सामना गर्दै आफूहरूले राष्ट्रियता जोगाउँदै आएको व्याँस गाउँपालिका–१ का स्थानीय बताउँछन्।

राजनीतिक रूपमा राज्य हुन चार आधारभूत तत्व भूगोल, जनसंख्या, सरकार र सम्प्रभुता आवश्यक पर्छ तर दार्चुलाको व्याँस क्षेत्रको हकमा परिस्थिति फरक छ। यहाँ भूगोल र जनसंख्या भए पनि सरकार र सम्प्रभुतामा भने प्रश्नचिह्न छ। व्याँस–१ मा सरकारको उपस्थिति नभएकैले सम्प्रभुतामा समेत खलल पुगेको त्यहाँका स्थानीयको बुझाइ छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर