• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

स्नातकोत्तर दम्पतीको कथाः दूध र गोबर बेचेर २० लाख

काठमाडाैं । एक दशकअघि एउटा गाई किनेर सुरु गरिएको व्यावसायिक गाईपालन फस्टाउँदै गएपछि कोहलपुरका विष्णु पोखरेल दम्पतीले अहिले गाईको दूध र गोबर बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी गरिरहेका छन् । विष्णु पोखरेल र उनकी पत्नी शारदा पोखरेल दुवै जना समाजशास्त्रमा स्नातकोत्तर हुन् । 
सुरुमा २२ हजार रुपियाँको लगानीबाट सुरु गरिएको उनको गाईपालनमा दस वर्षको अवधिमा दुई करोड रुपियाँ लगानी पुगेको छ ।

अहिले आफ्नो गोठमा ३५ वटा गाई रहेको जनाउँदै पोखरेलले एउटा गाईले १५ लिटरसम्म दूध दिने गरेको बताए । दैनिक १७ वटा गाईले दूधबाट राम्रै फाइदा भइरहेको उनले बताए ।

अहिले दैनिक १५० देखि १८० लिटरसम्म दूध बेचेर वार्षिक १८ लाख रुपियाँ आम्दानी गरिरहेको र दुई लाखको मल बेचेर वार्षिक २० लाख रुपियाँ आम्दानी भइरहेको छ।

कोहलपुर नगरपालिका–८, पिपरीमा प्रकृति गाई फार्म सञ्चालन गरेर उनले व्यावसायिक पशुपालन गर्दै आएका छन् । शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उनले सफल कृषकका रूपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसकेका छन् ।
कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल हुन् भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर