अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन खारेज

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले आफूलाई पक्राउ नगर्न  दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले मंगलबार पोखरेलको सो रिट खारेज गर्ने निर्णय गरेको हो ।

छवी र शिल्पा काण्डमा फिल्म निर्माता छवि ओझासँगको विवादमा उनको जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको थिइन्  । बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । 

जिल्ला अदालतको पक्राउ पुर्जीपछि छवि र शिल्पा दुवै फरार रहेका थिए । शिल्पाले  भने आफ्नो बारेस मार्फत सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर