• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

थैलेसिमिया रोगको उपचारमा सहुलियत व्यवस्था गर्न सरकारसँग आग्रह

काठमाडौं । थैलेसिमिया रोगका पीडितहरूले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । थैलेसिमिया रोगका पीडितहरूले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

नेपालमा यो रोगको उपचार सुलभ रूपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरूले यस रोगको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् । यो रोगबाट पीडित पारसनाथ मिश्राले यस रोगको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘सांग्रिला का युवा’ नामक संस्थाले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस रोगका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बजारमा दसैं, तिहार, छठलगायतका पर्वका कारण रगतको अभाव भएपछि सो संस्थाले यस रोगको पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल सिमरियाले जानकारी दिए । 

नेपालमा हाल दुई सय ५० देखि तनि सयसम्म थैलेसिमियाका बिरामी रहेको अनुमान छ । त्यसमध्ये हाल एक सय ८५ जनाले बिभिन्न अस्पतालमा उपचार गराइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । चिकित्सकका अनुसार रगतमा हेमोल्लोबिनको कमी भएपछि यो रोग लाग्ने गर्दछ । यो रोग लागेका मानिसमा जीवनभर रगत चढाउनुपर्ने भएकाले यसको उपचार पद्धति महंगो छ । पीडित मिश्राले यसको सामान्य उपचार लागि मात्रै मासिक ३० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर