नेपाल बैंकले ल्यायो ‘ग्रिन सेभिङ निक्षेप योजना’

काठमाडौं । नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ । बैंकले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिए । 

न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ । उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ । 

बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए ।

त्यसैगरी बैंकले आफ्नो ८३ औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ । आफनै जग्गामा घर निर्माण गर्न तथा घर मर्मत, संहार गर्न सो योजना १  प्रतिशत व्याजदरमा लागू हुने पनि बैंकले जनाएको छ । 

बैंकको ८३ औं स्थापना दिवस आगामी कार्तिक ३० गते काठमाडौंमा हुँदैछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर