लता मंगेशकर ‘भेन्टिलेटर’मा: स्वास्थ्यलाभको कामना गर्दै बलिउड स्टार

एजेन्सी । स्वर कोकिलाकी रूपमा चिनिएकी गायिका लता मंगेशकर अस्पताल भर्ना भएकी छिन् । उनलाई ब्रिच कैंडी अस्पतालमा सोमबार सास लिन समस्या भएपछि अस्पताल भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् । 

अस्पताल भर्ना भएको केही समयमै उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यहीँ उनको उपचार चलिरहेको छ । उनकाे अवस्था अहिले पनि गम्भीर छ । लतालाई याे अवस्थामा देखेर बलिउड कलाकारले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । शवाना आजमाीले ट्विट गर्दै  लेखेकी छिन्– ‘नमस्कार, तपाईं जतिसक्दाे छिटो घर फर्केर आउनुस् भन्ने हामी सबैको कामना छ ।’ त्यसैगरी, हेमा मालिनीले पनि ट्विट गर्दै लेखेकी छिन्– ‘भगवानले उनलाई शक्ति दिउन् ।’

भारतीय मिडियाले जनाएअनुसार तलालाई फोक्सोको इन्फेक्सन भएको छ । उनको उपचार गरिरहेको डाक्टर प्रतीत समादानीका अनुसार लतालाई निमोनिया भएको छ । साथै उनको बायाँ भेट्रिकुलर फेल भएको छ । यसकारण लताको अवस्था अझै गम्भीर हुँदै गएको छ । 

चिकित्सक निजताले लतालाई अस्पताल चर्ना गरेको केही समय केही पनि जानकारी दिन मानेका थिएनन् । तर, उनकी भतिजीले मिडियामा उनको अवस्था ठीक रहेकाले अस्पतालबाट डिस्चार्ज गर्ने बताएकी थिइन् । तर, अझै पनि उनको अवस्था गम्भीर भएका कारण भेन्टिलेटरमा उपचार चलिरहेका छ । 

लताले २८ सेप्टेम्बरमा आफ्नो ९०औँ जन्मदिन मनाएकी थिइन् । प्रधानमन्त्री नरेन्द्र मोदी, अभिताभ बच्चनलगाएत बलिउड स्टार र फ्यानहरूले उनलाइ अझै लाखौं वर्ष बाच्ने शुभकामना दिएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर