• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतले जबरजस्ती नेपालको भूमीलाई नक्सामा राख्यो–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पष्पकमल दाहाल प्रचण्डले नेपालको भूमीलाई भारतले जबरजस्ती आफ्नो नक्सामा राखेको बताएका छन् । 

नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, अन्य कुरा मान्य छैन ।’ उनले भने ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी हो ।’

प्रचण्डले भारतले नेपाललाई राष्ट्रिय चुनौति दिएको बताए । उनले भने ‘हामिलाई भारतले जवरजस्ती रुपमा राष्ट्रिय चुनौति दिएको छ, यसलाई सबै मिलेर सकरात्मक रुपमा परिणत गर्न सक्नुपर्छ ।’ 

सीमा विवादको विषयमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको भन्दै प्रचण्डले नेपाली गुमेको भूमि फिर्ता गर्ने ऐतिहासिक समय आएको बताए । 

१८१६ को सुगौली सन्धी, त्यसपछिका चिठीपत्र र सुगौली सन्धीपछि छापिएका औपचारिक र वैधानिक नक्साले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकोले सोही अनुरुप अघि बढ्नुपर्ने बताए । प्रचण्डले भने–‘सुगौली सन्धीले महाकाली नदी नै सीमा भनेको छ, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर