प्रदेश  पूर्वाधार विकास प्राधिकरण गठन 

बुटवल । बुटवल–प्रदेश ५ सरकारले प्रदेश  पूर्वाधार विकास प्राधिकरण गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश पूर्वाधार विकास (स्थापना तथा सञ्चालन) आदेश २०७६ स्वीकृत गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

प्राधिकरणको अध्यक्षमा मुख्यमन्त्री, सहअध्यक्षमा आर्थिक मामिला तथा योजना मन्त्री, उपाध्यक्षमा भौतिक पूर्वाधार विकास मन्त्री र सदस्यहरुमा प्रदेशका प्रमुख सचिव र मन्त्रालयका सचिवहरु रहेका छन् । प्राधिकरणले प्रदेशको पूर्वाधार विकासबारे योजना निर्माण, समीक्षालगायतको काम गर्नेछ ।

यस्तै बैठकले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि थप जग्गा आवश्यक परेकाले अस्पतालको जग्गासग जोडिएको इलाका वन कार्यालयको जग्गा प्राप्तिका लागि संघ सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले बहुवर्षीय आयोजना स्वीकृती तथा ठेक्कासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गरेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर