बुटवलमा औद्योगिक व्यापार मेलाको तयारी

बुटवल । बुटवल उद्योग बाणिज्य संघले संञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला २०७६’ को तयारी थालिएको छ । मेला सम्पन्न गर्न कार्यसम्पादन समिति तथा उपसमितिहरु बनाइएका छन् । संघको सोमबार बसेको कार्यसमिति बैठकले विषयगत कार्यसम्पादनकालागि उपसमितिहरु गठन गरेको हो । 

संघका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा कार्यसम्पादन समिति यस अंगाडी नै गठन भएको थियो । बैठकले पूर्वअध्यक्षहरु महेशकुमार राजभण्डारी, हिराप्रसाद श्रेष्ठ, जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजु, अर्जुनमान सैंजु, कुशप्रसाद मल्ली, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ र सुरेन्द्रप्रसाद श्रेष्ठलाई विषयगत उपसमितिमा सल्लाहकार चयन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्दै आएको २० औं संस्करणको औद्योगिक व्यापार मेला यो वर्ष बुटवल उपमहानगरपालिका देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फ आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म हुँदैछ । 

बैठकले निवर्तमान अध्यक्ष महेशमान सिंहको संयोजकत्वमा मुल्यांकन व्यबस्थापन उपसमिति तथा वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुलाई कार्यसम्पादन समितिको सहसंयोजक तथा समन्वय तथा अनुगमनको जिम्मेवारी प्रदान गरेको छ । 

त्यस्तैगरी उद्योग उपाध्यक्ष अनिलप्रसाद श्रेष्ठलाई कार्यसम्पादन समितिको उपसंयोजक एवं बैदेशिक स्टल सहभागिता, कृषि तथा स्थानीय निकाय संघसंस्था समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याललाई कार्यसम्पादन समितिको उपसंयोजक तथा गुणस्तरीय एवं नविनतम स्टल सहभागिता, पर्यटन तथा सरकारी, गैरसरकारी सुरक्षा निकाय समन्वय समिति संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ । 
महासचिव दिनेशप्रसाद श्रेष्ठलाई मेला प्रवद्र्धन एवं सचिवालय उपसमिति, कोषाध्यक्ष बिमलराज भट्टराईलाई आर्थिक व्यबस्थापन उपसमिति र सचिव कमलप्रसाद पौडेललाई सौजन्य तथा समारोह व्यबस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिइएको छ । 

 बैठकले महिला उद्यमी प्रवद्र्धन उपसमितिमा मिना प्रधान, तालिम तथा गोष्ठि, अन्तरक्रिया व्यबस्थापन एवं पर्यटन प्रवद्र्धन उपसमितिमा सञ्जय कलवार जयशवाल, औद्योगिक क्षेत्र तथा उद्योग प्रतिष्ठान समन्वय उपसमितिमा गोपाल टण्डन र स्वागत द्वार तथा मञ्च व्यबस्थापन उपसमितिको संयोजकमा प्रतिक पोखरेलाई जिम्मेवारी प्रदान गरेको छ । 

सुरक्षा व्यबस्थापन उपसमितिमा बाबुराम बिक, सूचना प्रविधि, आन्तरिक सञ्चार तथा प्राथमिक उपचार उपसमितिमा भेषराज गैरे, विद्युत व्यबस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र जनचेतना ¥याली तथा श्रव्य दृष्य एवं पार्किङ व्यबस्थापन उपसमितिमा करुण खनाललाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रचारप्रसार व्यबस्थापन उपसमितिमा मुक्ति अधिकारी, उपहार तथा प्रमाणपत्र एवं स्वागत सत्कार व्यबस्थापन उपसमितिमा धनकुमारी खनाल र खाना आवास व्यबस्थापन उपसमितिमा शुक्रप्रसाद बस्याललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । 

लोकसांस्कृतिक कार्यक्रम तथा साउण्ड सिष्टम व्यबस्थापन उपसमितिमा टंकप्रसाद गैरे, आधुनिक तथा विविध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिमा मनोज ध्वजु, टिकट व्यबस्थापन उपसमितिमा नरिश्वर शर्मा पौडेल र सौजन्य व्यबस्थापन उपसमितिको संयोजकमा बसन्तप्रसाद ढकाललाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै परिचय पत्र व्यबस्थापन उपसमितिमा नविन श्रेष्ठ, खानेपानी तथा सरसफाई व्यबस्थापन उपसमितिमा सुरज भट्टराई र सचिवालय व्यबस्थापन उपसमितिको संयोजकमा निर्मित कसजुलाई जिम्मेवारी प्रदान गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर